इक्यान केन्द्रीय सचिवमा भुपाल केसीको उम्मेदवारी घोषणा

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि भुपाल केसीले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुने इक्यानको केन्द्रीय निर्वाचनका लागि सचिवको दावेदारी प्रस्तुत गर्दै केसीले उम्मेदवारी घोषणा गरेका हुन् ।

इक्यान एउटा संस्था मात्र नभएर व्यवसायीहरुको साझा पहिचान र पेशागत मर्यादा बोक्ने थलो भएको भन्दै केसीले भविष्यमा संस्थागत सुदृढिकरण एवं व्यवसायीक हकहित विपरीत कुनै सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हाल कार्यसमिति सदस्य रहेर कुशलतापूर्व जिम्मेवारी पुरा गरेको जनाउँदै केसीले सामुहिक प्रतिवद्धतालाई संस्थागत गर्दै सक्रिय भूमिका निर्वाह गर्न सचिवमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि हासिल गरेको अनुभव, निरन्तरता, प्रष्ट दृष्टिकोण र एक कार्यकाल केन्द्रीय सदस्य भएर बहन गरेको जिम्मेवारीले पनि इक्यानको भावी सचिवको रुपमा कार्यभार पूरा गर्न आफु सक्षम रहेको उनको भनाई छ ।

उनले सम्पूर्ण इक्यानका सदस्यहरुलाई आफुमाथि पूर्ण रुपमा भरोसा गर्न आग्रह गर्दै साथ, सहयोग र अमूल्य मत प्रदान गर्न पनि अपित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार