इक्यान केन्द्रीय कोषाध्यक्षमा साधना पुडासैनीको उम्मेदवारी घोषणा

यही पुस २८ गते हुने गरी चुनावी कार्यतालिका सार्वजनिक भएसँगै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा यतिवेला चुनावी सरगर्मी छाएको छ । इक्यानको वर्तमान कार्यसमितमा रहेका पदाधिकारी एवं सदस्यहरुले आगामी कार्यकालको लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

यसै क्रममा वर्तमान इक्यान कार्यसमिति सदस्यको जिम्मेवारीमा रहेकी साधना पुडासैनीले आगामी कार्यसमितिका लागि औपचारिक रुपमै कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

“सहि व्यक्ती सहि स्थान – भरोसायोग्य कोषाध्यक्ष” नारा बोकेर पुडासैनीले इक्यानको आर्थिक पारदर्शिता, अनुशासन र संस्थागत मजबुतीका लागि कोषाध्यक्ष पदमा उम्मेद्बारी प्रस्तुत गरेको उल्लेख गरेकी छन् ।

उनले उम्मेदवारी घोषणा गरेसँगै अनुभव, जिम्मेवारीबोध र स्पष्ट दृष्टिकोणका साथ इक्यानको कोष व्यबस्थापनलाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

पुडासैनीले शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष संलग्न रहँदै एक कार्यकाल कार्यसमिति सदस्यको रूपमा काम गरेको भन्दै  संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व र आर्थिक अनुशासन कायम राख्न कोषाध्यक्षको रूपमा योगदान दिन तयार रहेको बताएकी छन् ।

उनले इक्यानलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल संस्थाको रूपमा अगाडि बढाउन सम्पूर्ण कार्यसमिति तथा आम सदस्यसँग सहकार्य गर्ने बताएकी छन् ।

उनले आगामी कार्यकालको लागि कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको भन्दै सम्पूर्ण इक्यानियनलाई आफुमाथि विश्वास गर्न आग्रह गर्दै साथ, सहयोग र अमूल्य मत प्रदान गर्न अपिल गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार