नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को चुनाव हुने मिति सार्वजनिक भएसँगै इक्यानमा चुनावी सरमर्गी छाएको छ । व्यवसायीहरुले यही पुस २८ गते हुने इक्यानको केन्द्रीय निर्वाचनका लागि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
यसै परिबेशमा हाल इक्यानको कोषाध्यक्षको जिम्मेवारीमा रहेका आशिक कार्कीले आगामी कार्यसमितिका लागि औपचारिक रुपमै सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
‘इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ !’ भन्ने नाराका साथ कार्कीले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने साझा अभियानमा लामो समयदेखि आफ्नो सक्रिय भूमिका रहेको उल्लेख गरेका छन् । ‘इक्यानको संस्थागत सुदृढिकरण र व्यवसायीक हकहितमा समर्पित रहेर एक कार्यकाल कार्यसमिति सदस्य र हाल कोषाध्यक्ष एवं मिडिया विभाग संयोजकको भूमिका निर्वाह गरिरहेको छु,’ उनले भने ।
जब नेतृत्वमा स्पष्ट भिजन र इच्छाशक्ति हुन्छ, तब असम्भव पनि सम्भव हुन्छ भन्ने मान्यता बोकेर कोषाध्यक्षको रूपमा ईक्यानलाई एउटा कर्पोरेट उचाइमा पुर्याएको स्मरण गर्दै कार्कीले अब संस्थाको प्रशासनिक र रणनीतिक जिम्मेवारी पुरा गर्न केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।
आफ्नो अनुभव, निरन्तरता र स्पष्ट दृष्टिकोणले मात्रै एकताबद्ध र सम्मानित संस्था निर्माण गर्न सकिन्छ भन्नेमा पूर्ण विश्वस्त रहँदै सचिव पदमा उम्मेदवारी घोषणा गरेको जनाउँदै कार्कीले आम इक्यानियनमाथि पूर्ण विश्वास रहेको भन्दै साथ, सहयोग र अमूल्य मतको अपेक्षा गरेको बताए ।








प्रतिक्रिया