शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा हुन गइरहेको निर्वाचनको सर्वत्र चर्चा भइरहेको छ । इक्यानले यही पुस २८ गते हुने निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । ।
निर्वाचनको मिति तोकिएसँगै इक्यानको आगामी नेतृत्वका लागि आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणासमेत गरिसकेका छन् । यतिखेर इक्यानका वर्तमान महासचिव दिपकराज भुसालले इक्यानको अध्यक्षमा उम्मेदवारी दिने चौतर्फि चर्चा चलिरहेको छ । यद्यपी भुसाल आफैले औपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी घोषणा नगरे पनि आगामी नेतृत्वको लागि अघि बढीसकेका छन् ।
इक्यान अध्यक्षको रुपमा बलियो दाबेदार मानिएका भुसाल शालिन, भद्र र व्यवसायीमैत्री व्यक्तित्वको रुपमा परिचित छन् । आम इक्यानियनहरुको सल्लाह, सुझाव र प्रतिक्रियालाई ग्रहण गरेर इक्यानको कार्य सम्पादन गर्दै आएका भुसालले स्वच्छ, पारदर्शी र व्यवसायीक हित प्रवर्दन गर्न शैक्षिक परामर्श क्षेत्रको बहुआयामिक सुधारका लागि पनि अध्यक्षमा उम्मेदवारी दिने अवस्था निर्माण भएको प्रतिक्रिया दिएका छन् ।
इक्यानमा लामो समयदेखि अनवरत रुपमा योगदान पुर्याउँदै आएका भुसाल २०६६ सालमा संस्थागत सदस्यको रुपमा प्रवेश गरेका हुन् । उनले इक्यानलाई नजिकबाट नियाल्ने र व्यवसायी एवं विद्यार्थीहरुको सहजीकरणका लागि सामाजिक उत्तरदायित्व बहन गर्दै आएका छन् । संस्थागत सदस्य भए यता भुसालले इक्यानको बृहत्तर वृत्ति विकासमा थुप्रै उल्लेखनिय कार्यहरु गरेका छन् ।
भुसालले इक्यानमा कार्यसमिति सदस्य नहुँदै २०६८ सालमै अतिरिक्त विभागको सदस्यको जिम्मेवारी लिएर विभिन्न क्रियाकलाप संचालन गर्न सहजीकरण गरे । जब २०७२ सालमा प्रकाश पाण्डेको नेतृत्वमा कार्यसमिति सदस्यमा निर्वाचित भए तब इक्यानको अतिरिक्त विभाग प्रमुखको जिम्मेवारी लिएर विभिन्न गतिविधिहरु संचालन गरे । उनकै नेतृत्वमा पहिलो पल्ट गोकर्ण गल्फ रिसोर्टमा व्यवसायीमैत्री पिकनिकको आयोजना गरे, व्यवसायीहरुलाई शारीरिक व्यायाम एवं मनोरन्जन प्रदान गर्ने उदेश्यले फुटसल प्रतियोगिता आयोजना गरे ।
भुसालको सक्रियता र इक्यानमा पुर्याएको योगदान स्वरुप इक्यानियनहरुले उनलाई प्रथम सचिवको जिम्मेवारी दिए । उनले प्रथम सचिवको जिम्मेवारीलाइृ कुशलपूर्वक कार्यसम्पादन गरे । उनी सचिव हुँदा एजुकेशन फेयरको संयोजक भएर भृकुटी मण्डपमा मेगा फेयर संचालन गरे, एजुकेशन फेयर संचालन गरेरै इक्यानको कोषमा ३८ लाख रुपैयाँ जम्मा गर्न गराउन सफल भए । यस्तै शैक्षिक परामर्श क्षेत्रमा प्रत्यक्ष वैदेशिक लागानी ९एफडीआई० विरुद्ध खुलेर आवाज उठाए, यतिमात्र नभइ एफडीआइ नरोके स्वदेशी लगानीकर्ता र व्यवसायी पलायन हुनसक्ने प्रति खबरदारी गर्दै भुसालले थुप्रै मन्त्री, सांसद, शिक्षा समितिका सभापति तथा सदस्यहरूको ध्यानाकर्षण गराउन भूमिका खेले ।
इक्यानियनहरुले भुसालको योगदान र पहलकदमीको मूल्यांकन गर्दै २०७६ सालमा सर्वसम्मत महासचिवको रुपमा निर्वाचित गरे । त्यसयता उनी निरन्तर महासचिवको भुमिकामा इक्यानको कार्यसम्पादन गरिरहेका छन् । दुई कार्यकाल इक्यानको महासचिवको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएका भुसालले सफलतापूर्वक प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका छन् । पहिलो पटक महासचिव हुँदा कोभिड महामारीले कतै निस्कन सक्ने अवस्था नहुँदा पनि इक्यान हेल्प डेस्क खडा गरी व्यवसायी एवं विद्यार्थीहरुलाई परामर्श तथा सहायताको लागि पहल गरे । उनले कोभिडले थलिएको परामर्श क्षेत्रलाई चलायमान बनाउन र व्यवसायीहरुको मनोवल उकासी व्यवसाय संचालन गर्ने बतावरण बनाउन विना धितो सहुलियत ऋणको व्यवस्था गराउन भूमिका खेले । त्यस्तै दोस्रो कार्यकालमा व्यवसायीक सम्बन्ध विस्तारका लागि सवै सरोकारवालासँग छलफल तथा सम्झौता गर्ने, आर्थिक, प्रशासनिक तथा संगठनात्मक रूपमा इक्यानको गरिमालाई उँचो राख्दै व्यवसायीमैत्री वातावरण बनाउन सशक्त कार्यसम्पादन गर्नु नै भुसालको अध्यक्षमा दावेदारी प्रस्तुत गर्ने बलियो आधार हो ।
इक्यानलाई सबै इक्यानियनहरुले अपनत्व लिने गरी अझै बलियो र गरिमामय इक्यान निर्माण गर्नु आफ्नो एकमात्र उदेश्य रहेको भुसालले बताए । समाजिक संस्थाको रुपमा ख्याती कमाइसकेको इक्यानको शाख बढाउन र आम इक्यानियनहरुको मनोभावना अनुसार नै आफु अगाडी बढ्ने भुसालले प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।








प्रतिक्रिया