क्रिकेटर हेमन्त धामी बिज एजुकेशनको ब्रान्ड एम्बेसडरमा नियुक्त, युवाको सर्वाङ्गीण विकासमा जोड दिने प्रतिवद्धता

अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै आएको बिज एजुकेशनले नेपाली क्रिकेट क्षेत्रका क्रिकेटर हेमन्त धामी लाई आफ्नो आधिकारिक क्रिकेट ब्रान्ड एम्बेसडर का रूपमा अनुबन्ध गरेको छ। यससम्बन्धी औपचारिक घोषणा तथा सम्झौता हस्ताक्षर कार्यक्रम आज जर्मन होम्स हस्पिटालिटी, गुट्ठाघरमा सम्पन्न भयो ।

उक्त सहकार्य तीन वर्षका लागि गरिएको भए पनि प्रत्येक वर्ष आपसी सहमतिमा पुनःसम्झौता गरिने व्यवस्था गरिएको छ । बिज एजुकेशनका अनुसार यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई युवाको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शन का लागि हो ।

बिज एजुकेशन यसअघि नै हास्य तथा फिल्म क्षेत्रबाट जितु नेपाल (मुन्द्रे), फुटबल क्षेत्रबाट पूर्व राष्ट्रिय कप्तान उपेन्द्र मान सिंह, र ब्याडमिन्टनबाट खेलाडी स्वोरलिन श्रेष्ठ लाई ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरिसकेको छ। अब क्रिकेट क्षेत्रबाट हेमन्त धामीको आगमनसँगै बिज एजुकेशनले खेलकुद, सिर्जनात्मक क्षेत्र र शिक्षा लाई समान रूपमा अघि बढाउँदै युवाको सर्वाङ्गीण विकासमा जोड दिएको स्पष्ट भएको छ ।

कार्यक्रममा बोल्दै बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्की ले संस्थाको मूल दर्शन स्पष्ट पारे । उनले बिज एजुकेशन केवल बेलायतका प्रतिष्ठित विश्वविद्यालय प्रवर्द्धन गर्ने संस्था मात्र नभई नेपाली विद्यार्थीलाई सबैभन्दा पहिला शैक्षिक, मानसिक र आर्थिक रूपमा तयार पार्न विश्वास गर्ने संस्था भएको उल्लेख गरे ।

उनले थप स्पष्ट पार्दै भने– ‘बिज एजुकेशनले कहिल्यै पनि विद्यार्थीलाई विदेश जान दबाब दिँदैन । नेपालमै पनि गुणस्तरीय विश्वविद्यालयहरू उपलब्ध रहेकाले धेरै अवस्थामा विद्यार्थीलाई ब्याचलर तह नेपालमै अध्ययन गर्न सुझाव दिन चाहान्छु ।’

१२ कक्षापछि नै बेलायत जाने धेरै विद्यार्थीले आज अत्यधिक संघर्ष र कठिनाइ भोगिरहेको उल्लेख गर्दै उनले पर्याप्त बजेट, तयारी र परिपक्वता बिना महँगो देश रोज्नु बुद्धिमानी नहुने बताए । कार्कीका अनुसार बिज एजुकेशनको भूमिका विद्यार्थीलाई विदेश पठाउने मात्र नभई सही निर्णय गर्न सक्षम बनाउने जिम्मेवारी हो।

कार्यक्रममा खेलकुद र शिक्षाबीचको सम्बन्धबारे पनि चर्चा गर्दै उनले खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास निर्माण गर्ने बताए । यी गुण अन्तर्राष्ट्रिय शिक्षा तथा जीवनमा सफल हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले बिज एजुकेशनले खेल, कला र शिक्षालाई एउटै प्लेटफर्ममा जोड्दै आएको जानकारी दिए ।

नवनियुक्त ब्रान्ड एम्बेसडर हेमन्त धामी ले बिज एजुकेशनप्रति आभार व्यक्त गरे । उनले शिक्षा मात्र होइन, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गरिरहेको संस्थासँग आबद्ध हुन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो। साथै, खेल र अध्ययन सँगसँगै अघि बढाउन सकिने सन्देश युवामाझ पुर्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

बिज एजुकेशनले आगामी दिनहरूमा पनि जिम्मेवार शिक्षा परामर्श, वित्तीय योजना सम्बन्धी सचेतना, र नेपाली युवाको प्रतिभा प्रवर्द्धन का कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । संस्थाले विद्यार्थी तथा अभिभावकलाई भावनामा होइन, यथार्थ, क्षमता र दीर्घकालीन भविष्यको आधारमा निर्णय लिन प्रेरित गर्ने नीति दोहोर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार