तीजका भक्तजनलाई पशुपतिमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य सेवा: १ हजारभन्दा बढी लाभान्वित

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका श्रद्धालु भक्तजनलाई लक्षित गरी सञ्चालित निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले पाशुपत क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

मित्रपार्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा मित्रपार्क क्षेत्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हेल्थ डेस्क सञ्चालन गरिएको थियो।

तीजको व्रत बसेर लामो समय लाइनमा उभिएका भक्तजनको तत्कालीन स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्राथमिक जाँच तथा परामर्श सेवा प्रदान गरिएको हस्पिटलले जनाएको छ।

रक्तचाप (Blood Pressure) जाँच: ७ सयभन्दा बढी भक्तजनको रक्तचाप परीक्षण।

मधुमेह (Diabetes) जाँच: ४ सय जनाको तत्काल सुगर परीक्षण।

स्वास्थ्य परामर्श: परीक्षणका क्रममा देखिएका समस्याका आधारमा सम्बन्धित व्यक्तिहरूलाई आवश्यक चिकित्सीय परामर्श तथा सचेतनामूलक जानकारी हस्तान्तरण।

पर्वका बेला हुन सक्ने असजिलो र स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्दै दर्शनार्थीलाई सहजताको अनुभूति दिलाउन यो पहल प्रभावकारी बनेको छ। समयमै मधुमेह तथा उच्च रक्तचापजस्ता समस्याको पहिचान गर्ने र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

ॐ हस्पिटलका अनुसार आगामी दिनमा पनि समुदायकेन्द्रित यस्ता निःशुल्क स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार