TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो

विश्वव्यापी Home Entertainment तथा Home Electronics ब्रान्ड TCL ले एयर कन्डिसनर (AC) व्यवसायमा महत्वपूर्ण विश्वव्यापी उपलब्धि हासिल गरेको छ। Frost & Sullivan द्वारा सन् २०२६ जुनमा जारी ‘Market Position Statement’ अनुसार, सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म TCL एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ।

विश्व एयर कन्डिसनर बजारसम्बन्धी व्यापक अनुसन्धानका आधारमा Frost & Sullivan ले TCL को यो उपलब्धिलाई प्रमाणित गरेको हो। यस सफलताले विश्व AC बजारमा TCL को बढ्दो उपस्थिति, उपभोक्ता स्वीकार्यता तथा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।

चीनको AC निर्यातमा TCL दोस्रो स्थानमा

TCL ले एयर कन्डिसनर निर्याततर्फ पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। ChinaIOL को तथ्यांकअनुसार सन् २०२४ मा TCL ले चीनमा १.९१७ करोड युनिट घरेलु एयर कन्डिसनर उत्पादन गरेको थियो, जसले कम्पनीलाई उत्पादनका आधारमा उद्योगका शीर्ष तीन कम्पनीभित्र राखेको छ।

सोही अवधिमा TCL को AC निर्यात १.३८१ करोड युनिट पुगेको थियो। यससँगै TCL चीनबाट हुने एयर कन्डिसनर निर्यातमा दोस्रो स्थानमा रहेको ChinaIOL को तथ्यांकमा उल्लेख छ। त्यस्तै, चीनका शीर्ष तीन AC निर्यातकर्तामध्ये TCL ले सबैभन्दा उच्च निर्यात वृद्धिदर हासिल गरेको छ।

प्रविधि र गुणस्तरमा निरन्तर लगानी

विश्वका विभिन्न बजारमा TCL एयर कन्डिसनरको विस्तारसँगै कम्पनीले उत्पादन प्रविधि, ऊर्जा दक्षता, स्मार्ट कनेक्टिभिटी तथा प्रयोगकर्ता–केन्द्रित सुविधामा निरन्तर लगानी गर्दै आएको छ। TCL का अनुसार विश्वव्यापी बजारमा हासिल भएका यी उपलब्धिले कम्पनीको उत्पादन क्षमता, अनुसन्धान तथा विकास (R&D), प्रविधि, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय बजार विस्तारको प्रगतिलाई प्रतिबिम्बित गर्छ।

नेपाली बजारमा CG Electronics मार्फत विस्तार

विश्व बजारको यस सफलताले नेपाली उपभोक्तामाझ पनि ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपालमा TCL ले विभिन्न क्षमता तथा आधुनिक सुविधासहितका एयर कन्डिसनर उपलब्ध गराउँदै आएको छ।

नेपालमा TCL का उत्पादनहरू CG Electronics मार्फत बिक्री तथा वितरण हुँदै आएका छन्। स्मार्ट प्रविधि, आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यका कारण TCL का TV, Air Conditioner, Washing Machine, Refrigerator, Water Dispenser, Music System तथा VRF लगायतका उत्पादनहरू नेपाली उपभोक्ताको रोजाइमा पर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार