इरान र न्युजिल्यान्डबिच प्रतिस्पर्धाः २-२ गोलको बराबरी

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा इरान र न्युजिल्यान्डबिचको प्रतिस्पर्धा २-२ गोलको बराबरीमा टुंगिएको छ ।

लस एन्जलस स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले सातौं मिनेटमै एलिजाह जस्टको गोलमार्फत अग्रता बनाएको थियो । क्रिस वुडको पासमा जस्टले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

इरानले खेलको ३२औं मिनेटमा रामिन रेजाइयानको शानदार फ्लिक गोलमार्फत खेललाई १-१ को बराबरीमा ल्यायो । पहिलो हाफ यही नतिजामा सकिएको थियो ।

दोस्रो हाफको सुरुआतमै न्युजिल्यान्डले फेरि अग्रता बनायो । ५४औँ मिनेटमा क्रिस वुडकै अर्को असिस्टमा एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।

तर इरानले पुनः उत्कृष्ट पुनरागमन गर्‍यो । ६४औँ मिनेटमा मोहम्मद मोहेब्बीले रामिन रेजाइयानको पासलाई सदुपयोग गर्दै गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

त्यसपछि दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि दुबै टोली सफल भएनन् । अनि खेल बराबरीमा टुंगिन पुग्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार