एनसेलका ग्राहकलाई अल्टिमाको सामग्री खरिदमा ६० प्रतिशतसम्म छुट

एनसेलका सबै ग्राहकले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीको खरिदमा ६० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

एनसेल र अल्टिमा लाइफस्टाइलबीच सम्झौता भएसँगै उक्त छुट पाइने भएको हो । एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ९९ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक उपभोग गरिरहेका एनसेलका प्रिपेड ग्राहक र रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहक यो छुट योजनाका लागि योग्य हुनेछन् । यस योजना अन्तर्गत खरिद गरिने कुनै पनि सामानको डेलिभरी नेपालभर हुने व्यवस्था अल्टिमा लाइफस्टाइले गरेको छ ।

एनसेल एपबाट मात्र सञ्चालनमा ल्याइएको यो योजना अन्तर्गत ग्राहकले अल्टिमा लाइफस्टाइलका साउन्ड बार, स्पिकर, वायरलेस एअर बड, स्मार्टवाच, पावर बैंक लगायतका ग्याजेटमा विशेष छुट पाउन सक्नेछन् ।

यो योजनाको लाभ उठाउन ग्राहकले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर पार्टनर्ड सर्भिसेसमा गई अल्टिमा लाइफस्टाइल छान्नु पर्दछ । प्रयोगकर्ताको नाममा दर्ता भएको मोबाइल नम्बर मार्फत स्वतः योग्यता जाँच हुन्छ र ग्राहकले छुट सहितको तिर्नुपर्ने मूल्य एनसेल एपमै देखिन्छ ।

‘ग्राहकलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना सञ्चालनमा ल्याउन पाएकोमा उत्साहित छौं’ एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले भने ‘अल्टिमा लाइफस्टाइलसँगको यो सहकार्यले हाम्रा ग्राहकहरूको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाउन मद्दत गर्दछ।’

यो योजनाको लाभ उठाउन योग्य नभएका ग्राहकहरूले ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गर्न सक्छन् र आफ्नो आवश्यकता अनुरुपका ग्याजेट विशेष छुटमा लिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार