बिराटचोकमा जीआईईसीको नयाँ शाखा, विद्यार्थीले आफ्नै शहरबाट सेवा पाउने

वैदेशिक अध्ययन तथा भाषा प्रशिक्षण क्षेत्रमा अलग्गै पहिचान बनाएको शैक्षिक संस्था जीआईईसीले मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित बिराटचोकमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।

मोरङ उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी भोलेश्वर दुलाल र सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले संयुक्त रूपमा नयाँ उद्घाटन गरेपछि नयाँ शाखा संचालनमा आएको छ ।

उद्घाटन समारोहमा सहभागि जीआईईसीका अध्यक्ष नवराज केसीले विद्यार्थीहरुलाई वैदेशिक अध्ययन परामर्श र भाषा प्रशिक्षणसम्बन्धि सेवा आफ्नै शहरबाट उपलब्ध गराउने उदेश्यका साथ बिराटचोकमा नयाँ शाखा खोलिएको बताए । काठमाडौंमा मुख्य कार्यालय रहेको जीआईईसीले बुटवलबाट पनि सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए ।

‘हामीले हजारौं विद्यार्थीलाई उनीहरुको उज्जवल भविष्य निर्माण गर्नका लागि गुणस्तरीय परामर्श दिंदै आएका छौं,’ उनले भने, ‘अन्तर्राष्ट्रिय डिग्री हासिल गर्ने विद्यार्थीहरुको चाहनाअनुरुप अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युके, जापानलगायतका शैक्षिक प्रणाली र अवसरको जानकारी दिने गरेको छौं ।’ जीआईईसीले विभिन्न तयारी कक्षा र भाषा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।

बिराटचोक शाखाका प्रबन्ध निर्देशक बिना पोखरेलले अब पूर्वी नेपालका विद्यार्थीहरूलाई काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुँदै यहीँबाट गुणस्तरीय, पारदर्शी र भरोसायोग्य सेवा प्रवाह हुने बताइन् ।

त्यस्तै सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जीआईईसीजस्ता प्रतिष्ठित शैक्षिक संस्थाको आगमनले यस क्षेत्रको शैक्षिक र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताए । ‘स्थानीय स्तरमै अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी परामर्श र भाषा तालिम उपलब्ध हुनु यहाँका विद्यार्थीका लागि ठूलो अवसर हो,’ उनले भने ।

त्यसैगरी उद्योगपति तथा मोरङ उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले जीआईईसीको सेवा विस्तारले विद्यार्थी र अभिभावकलाई काठमाडौं धाउनुपर्ने झन्झट कम हुने उल्लेख गरे । ‘अब यहीँबाट विश्वस्तरको सेवा पाउँदा समय, खर्च र झन्झट सबैको बचत हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार