इक्यान केन्द्रीय उपाध्यक्षमा रत्न बहादुर भट्टराईको उम्मेदवारी घोषणा, इमान्दारी र जवाफदेहिता मुल मन्त्र

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि रत्न बहादुर भट्टराईले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि उपाध्यक्षको दावेदारी प्रस्तुत गर्दै भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।

इक्यानलाई सुदृढ, पारदर्शी र व्यावसायिक बनाउने उद्देश्यका साथ निरन्तर योगदान दिंदै भट्टराईले आफु दुई कार्यकाल सदस्य र एक कार्यकाल सचिवको रूपमा कुशलतापूर्वक कार्य सम्पादन गर्दै आएको उल्लेख गरेका छन् ।

उनले इक्यानको संगठनात्मक कार्यक्षमता सुदृढ गर्न आन्तरिक मामिला विभाग स्थापना गर्न भुमिका खेल्नुका साथै अनुशासन समिति संयोजकका रूपमा आम इक्याािनयन,अभिभावक तथा विद्यार्थीहरूको हित प्रवर्दनमा विश्वसनीयता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिएका छन् ।

भट्टराईले उम्मेदवारी घोषणा गरेसँगै इक्यानको संस्थागत सुशासन, पारदर्शिता तथा सदस्यहरुको हितलाई प्राथमिकतामा राखी नैतिक, जिम्मेवार र अनुशासित परामर्श प्रणाली प्रवर्द्धन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

इक्यानका सदस्यहरूको क्षमता अभिवृद्धि, व्यावसायिक प्रवर्द्धन र अधिकारको संरक्षण तथा वकालत गर्दै विद्यार्थी एवं अभिभावकबीच पारस्पारी मैत्री सम्बन्ध स्थापित गराउन उपाध्यक्षको रुपमा अग्रसर रहेर काम गर्ने भट्टराईले बताए ।

इमान्दारी, जवाफदेहिता र समावेशीताका साथ सेवा गर्दै इक्यानलाई अझ सशक्त, एकीकृत र प्रतिष्ठित संस्था बनाउने आफ्नो मुल मन्त्र भएको भन्दै भट्टराईले उपाध्यक्षको जिम्मेवारी सुम्पिन आम इक्यानियनहरुलाई अमूल्य मत प्रदान गरी सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार