निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) आफ्नो ३५औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । यही पुस २४ गते परेको स्थापना दिवसलाई भव्यरुपमा मनाउन प्याब्सनले प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूलाई निर्देशन दिइसकेको छ ।
प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको प्याब्सनका महासचिव आर.बी कटुवालले जनाकारी दिएका छन् ।
उनका अनुसार स्थापना दिवसको अवसरमा सबै तहका कार्यालयहरू तथा सदस्य विद्यालयहरूमा प्याब्सनको झण्डा फहराइनुका साथै साँझ सांस्कृतिक एवं दीपावली कार्यक्रम आयोजना गरिनेछ।
‘स्थापना दिवस भव्य रूपमा सम्पन्न गर्न सक्रिय सहभागिता र सहकार्यका लागि प्याब्सनमा आवद्ध सबैलाई आग्रह गरेका छौं,’ महासचिव कटवालले भने, ‘सबै सदस्य विद्यालयहरूमा पनि झण्डा फहराउने व्यवस्था मिलाइएको र सांस्कृतिक एवं दिपावली कार्यक्रम राखिएको जानकारी प्राप्त भएको ।’
प्याब्सनले विद्यालय शिक्षा क्षेत्रको प्रगति, एकता र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गर्दै समुदायमा सकारात्मक सन्देश फैलाउने लक्ष्यका साथ स्थापना दिवसलाई भव्य रुपमा मनाउन लागिएको जनाएको छ ।








प्रतिक्रिया