मौद्रिक नीति राष्ट्र बैंकको वेबसाइटमार्फत सार्वजनिक गरिने, दिउँसो ३ बजे पत्रकार सम्मेलन

काठमाण्डौ, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीति आज वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

मौद्रिक नीतिमाथि छलफल गर्न बिहान साढे ८ बजेदेखि बैठक भइरहेको छ। ‘बैठक जारी छ’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘बैठकबाट मौद्रिक नीति पारित भएलगत्तै वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।’

मौद्रिक नीतिको ब्रिफिङका लागि भने दिउँसो ३ बजे होटेल याक एन्ड यतीमा पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको पनि सहप्रवक्ता पोखरेलले जानकारी दिए।

‘गभर्नर आफैँले मौद्रिक नीतिका बारेमा मौद्रिक नीतिबारे उठ्ने जिज्ञासाको जबाफा दिनुहुनेछ’, उनले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार