गरिमा विकास बैंकले प्रस्ताव गर्‍यो २० प्रतिशत लाभांश

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको ३५१औँ बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित नगद तथा बोनस शेयरमा लाग्ने करसमेत लाभांशबाटै व्यवस्था हुने बैंकले जनाएको छ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। यस आधारमा १० प्रतिशत बोनस शेयरबापत करिब ६० करोड २१ लाख ३४ हजार ८३७ रुपैयाँ बराबरको बोनस शेयर वितरण हुनेछ। त्यस्तै, १० प्रतिशत नगद लाभांशबापत पनि करिब ६० करोड २१ लाख ३४ हजार ८३७ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरिएको छ।

यसअनुसार बैंकले शेयरधनीलाई कुल करिब १ अर्ब २० करोड ४२ लाख ६९ हजार ६७३ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी २०औँ वार्षिक साधारणसभामा पेश गरिनेछ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

१० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।

काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार