रास्वपा बागमती प्रदेश सभापतिमा दुई मत अन्तरले उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा.अच्युत लामिछानेलाई मात्रै २ मतले पछि पार्दै अर्याल निर्वाचित हुन सफल भएका हुन् ।

अर्यालले ४१६ र डा. लामिछानेले ४१४ मत पाए । अर्याल निवर्तमान समितिमा प्रवक्ता थिए । सभापतिका लागि अर्याल र लामिछाने सहित हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ प्रतिस्पर्धामा थिए ।

रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो भने निर्वाचन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार