स्टेलर एजुकेशनले ‘स्टडी इन न्यूजील्याण्ड एजुकेशन फेयर’ आयोजना गर्दै

शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाएको स्टेलर एजुकेशनले ‘स्टडी इन न्यूजिल्याण्ड एजुकेशन फेयर’को आयोजना गर्ने भएको छ । स्टेलर एजुकेशनले पुतलीसडकस्थित आफ्नो कार्यालय परिसरमा जुलाई २६ मा बिहान ११ बजेदेखि ४ बजेसम्म उक्त फेयर आयोजना गर्ने तयारी गरेको छ।

एजुकेशन फेयरले न्यूजिल्याण्ड गएर पढ्न चाहने नेपाली विद्यार्थीहरूलाई आवश्यक शैक्षिक गतिविधिहरुको महत्वपूर्ण जानकारी दिने अवसर सिर्जना गर्ने बताइएको छ । फेयरमा, न्यूजिल्याण्डका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि र विषय विशेषज्ञहरूलाई प्रत्यक्ष भेटेर विद्यार्थीहरुले अध्ययन कार्यक्रमहरूको बारे जानकारी लिन सक्ने अयोजकले उललेख गरेको छ ।

न्यूजिल्याण्डको लागी एक लाइसेन्स प्राप्त अध्यागमन सल्लाहकार एनोस जोसेफले न्युजिल्याण्डमा उपलब्ध विविध अध्ययन कार्यक्रम, भर्ना प्रक्रिया, र छात्रवृत्तिको अवसरबारे महत्वपूर्ण सुझाव प्रदान गर्नेछन् ।

उनले भिसा आवेदनहरू र अध्ययन पछि कामका विकल्पहरूमा विद्यार्थीहरुलाई मार्गनिर्देशन गर्ने बताइएको छ । साथै विद्यार्थीहरूलाई आत्मविश्वासका साथ न्यूजिल्याण्डमा शैक्षिक यात्रा गर्न प्रोत्साहित गर्नेछन् ।

न्युजिल्याण्डमा अध्ययन तथा भर्नासम्बन्धी जानकारी र उपलब्ध छात्रवृत्तिहरूसहित त्यहाँका शीर्ष विश्वविद्यालयहरूले प्रस्ताव गरेका अध्ययन कार्यक्रमहरूलाई स्टेलर एजुकेशनका प्रबन्ध निर्देशक सुदीप केसीले विस्तृत रुपमा ब्याख्या गर्नेछन् ।

उनले एजुकेशन फेयरमार्फत न्युजिल्याण्डको भिसा प्रक्रिया, विदेशमा पढ्न जाने विद्यार्थीले अपनाउनु पर्ने सावधानी र शिक्षण विधिबारे पर्याप्त जानकारी दिने लक्ष्य रहेको बताए ।

न्युजिल्यान्ड अध्यागमनका पूर्व अधिकारी विनिता सुगेशले न्युजिल्याण्डमा भिसा आवेदन प्रक्रियाको सूक्ष्मता, सामान्य समस्याहरूको पहिचान र सफलतापूर्वक आवेदन दिने तरिकाबारे विशेषज्ञ सल्लाह दिनेछिन् ।

न्यूजील्याण्ड एजुकेशन फेयरमार्फत विशेषज्ञहरूबाट प्रत्यक्ष ज्ञान र मार्गदर्शन प्राप्त गर्ने यो अवसरलाई नगुमाउन र विद्यार्थीहको करिअर निर्माणको लागि आवश्यक जानकारी लिन स्टेलर एजुकेशनले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार