रसुवाका बाढीपीडितका लागि पूर्व न्यायाधीश फोरमद्वारा राहत रकम संकलन

पूर्व न्यायाधीश फोरम, नेपालले भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक संकलन अभियान सुरु गरेको छ।

फोरमका सचिव एवं उच्च अदालतका पूर्व न्यायाधीश युवराज सुवेदीका अनुसार संस्थामा आवद्ध सदस्यहरूबाट स्वेच्छिक रूपमा सहयोग रकम संकलन भइरहेको छ। हालसम्म १ लाख ४१ हजार ६ सय ५१ रुपैयाँ संकलन भइसकेको छ।

सहायता रकम जुट्ने क्रम अझै जारी रहेकाले संकलित रकम थप वृद्धि हुने सुवेदीले जानकारी दिनुभयो।

यसरी संकलन भएको सम्पूर्ण रकम केही दिनभित्रै ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा गरी बाढीपीडितको पुनस्थापनाका लागि हस्तान्तरण गरिने फोरमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार