आजबाट प्रदर्शनमा ‘एक्टर’

देशभरका झण्डै ७० वटा सिनेमा हलमा माघ ४ गते शुक्रवार अर्थात आजबाट बाट प्रदर्शनमा आएको युवा पुस्तालाई लक्षित हौसला प्रदान गर्ने कथावस्तु समेटेर सफल टेलिभिजन पत्रकार मनोहरी थापाद्वारा निर्मित ‘एक्टर’ नायक प्रिन्स थापा मगरको डेब्यु चलचित्र हो ।

विशेष शोहरुमा दर्शकहरुबाट प्रशंसा बटुल्न सफल ‘एक्टर’मा नायक, नायिका नयाँ भएपनि उनिहरुको काम अहिलेका चल्तिका स्थापित कलाकारहरुको भन्दा कम नभएकोले आफु सन्तुष्ट रहेको निर्देशक मदन घिमिरेको भनाई छ ।

आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण ‘एक्टर’मा मुख्य नायक प्रिन्स थापा मगरको साथमा शिवानी गिरि, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार