बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन

रसुवामा अचानक आएको आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ।

खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको दुई वटा हेलिकप्टर त्रिशूली पुगेको छ भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्‍याउन नेपाली सेनाको हेलिकप्टरसहित टोली परिचालन भइसकेको छ। यसका साथै धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएको छ भने गजुरीस्थित ६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ। क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।

बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय इलाकामा बसोबास गर्न सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रभावितहरूको उद्धारका लागि सहकार्य गर्न समेत नेपाली सेना अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार