KIST Teaching Hospital मा अनुभवी बहुविषयगत चिकित्सकीय टोली, विशेषज्ञ ट्रान्सप्लान्ट टिम तथा सम्पूर्ण आवश्यक क्लिनिकल सेवाहरू उपलब्ध भएकाले नेपालमै गुणस्तरीय र विशेषज्ञ उपचार सेवा प्रदान हुँदै आएको छ।
यही प्रतिबद्धतालाई थप सुदृढ गर्दै, भारतको गुरुग्रामस्थित Medanta सँगको सहकार्यमा सञ्चालन हुँदै आएको KIST–Medanta Clinico-Surgical Excellence Collaboration अन्तर्गतको मासिक शैक्षिक तथा चिकित्सकीय कार्यक्रम २०८३/०५/०७ गते सम्पन्न भएको छ। यस सहकार्यले KIST मा उपलब्ध विशेषज्ञ सेवामा अन्तर्राष्ट्रिय विशेषज्ञता र ज्ञान आदान–प्रदानलाई जोड्दै, उपचारका लागि भारत जानुपर्ने आवश्यकता कम गर्दै नेपालमै विश्वस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यलाई थप बल दिएको छ।
यसपटकको कार्यक्रममा बाल शल्यचिकित्सा तथा बाल युरोलोजी (Paediatric Surgery & Paediatric Urology) सम्बन्धी विशेष प्रस्तुति तथा अन्तरक्रिया आयोजना गरिएको थियो। कार्यक्रममा भारतको Medanta, Gurugram बाट Paediatric Surgeon तथा Paediatric Urologist Dr. Shandip Kumar Sinha को विशेष सहभागिता रहेको थियो।
कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्यसम्बन्धी तथा युरोलोजिकल समस्याहरू, आधुनिक उपचार पद्धति, उपचारका क्रममा अपनाउनुपर्ने दृष्टिकोण तथा जटिल केसहरूको व्यवस्थापनबारे चिकित्सकहरूबीच ज्ञान तथा अनुभव आदानप्रदान गरिएको थियो। यस प्रकारका नियमित शैक्षिक कार्यक्रमले नेपालमै अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ ज्ञान र अनुभव आदानप्रदान गर्ने वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ।
KIST Teaching Hospital र Medanta, Gurugram बीचको सहकार्यमार्फत बिरामीको उपचारमा विशेषज्ञ परामर्शलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले निरन्तर विभिन्न सेवाहरू उपलब्ध गराइँदै आएको छ। विशेषगरी, जटिल स्वास्थ्य समस्यामा Second Opinion तथा Telemedicine सेवा आवश्यक पर्ने बिरामीहरूले Medanta, Gurugram का सम्बन्धित विशेषज्ञ चिकित्सकबाट परामर्श लिन सक्ने व्यवस्था रहेको छ।
KIST Teaching Hospital ले यस सहकार्यलाई केवल शैक्षिक कार्यक्रमसम्म सीमित नराखी विशेषज्ञ ज्ञान, दोस्रो राय, टेलिमेडिसिन तथा उन्नत चिकित्सकीय सेवामार्फत बिरामीको उपचारको गुणस्तर र परिणाम सुधार गर्ने दिशामा निरन्तर अघि बढाउने जनाएको छ।
KIST-Medanta Clinico-Surgical Excellence Collaboration अन्तर्गत आगामी दिनमा पनि विभिन्न विशेषज्ञता केन्द्रित नियमित कार्यक्रम, चिकित्सकीय अन्तरक्रिया तथा विशेषज्ञ परामर्शलाई निरन्तरता दिइनेछ।






प्रतिक्रिया