यस बर्षको एसइई परीक्षा चैत १९ गतेदेखि, यस्तो छ परीक्षा तालिका

राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ । २०८२ सालको एसईई परीक्षा चैत्र १९ गते बिहीबारबाट सुरु हुने तालिका सार्बजनिक भएको छ ।

जस अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ भने दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने भएको छ ।

परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने बोर्डले जानकारी दिएको छ । गतबर्ष चैत्र ७ गतेदेखि भएको एसइई परीक्षा यस बर्ष १२ दिन पछि सारिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार