पुस २८ इक्यान निर्वाचनः लक्ष्मण पौडेल ‘एन्ड्रयु’ नेतृत्वको प्यानलमा को–को छन् उम्मेदवार ?

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारका आकांक्षीहरुले मंगलबार उम्मेदवारी दर्ता गराइसकेका छन् । उम्मेदवारी दर्ता भएसँगै इक्यानमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

यही पुस २८ गते हुन गइरहेको निर्वाचनका लागि प्रस्ट रुपमा दुई प्यानल बनाएर चुनावी मैदानमा ओर्लिएका छन् । यतिखेर दुबै प्यानलका अध्यक्षदेखि सदस्यसम्मका उम्मेदवारहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिश्पर्धी प्यानलहरुमध्ये एकको नेतृत्व लक्ष्मण पौडेल ‘एन्ड्रयु’ले गरेका छन् । उनी ग्रेस इन्टरनेशनल एजुकेशनका निर्देशक एवं इक्यान कार्यसमितिका निवर्तमान प्रथम उपाध्यक्ष हुन् ।

पौडेल नेतृत्वको प्यानलाईलाई संस्थागत रुपमा इक्यानका पूर्व अध्यक्ष दिपक गुरुङ, विष्णुहरी पाण्डे, बुद्धि प्रसाद रेग्मी, पूर्व उपाध्यक्ष देवीदास भट्टराई तथा इक्यान सल्लाहकार विष्णु पोखरेलको साथ, समर्थन र सहयोग रहेको छ ।

यस्तै महेश कुमार कार्की, महेशबाबु तिमल्सिना, राजेन्द्र रिजाल, रामचन्द्र पौडेल, सरोज कुमार बस्नेतलगायतका अग्रज व्यवसायीहरुले पौडेल नेतृत्वको प्यानललाई निर्वाचित गराउन अग्रणी भुमिका खेलिरहेका छन् ।

को-को छन् पौडेल नेतृत्वको प्यानलमा:

अध्यक्षः लिक्ष्मण पौडेल ‘एन्ड्रयु’
उपाध्यक्षहरुः गिता सिवाकोटी ‘गिताञ्जली’, बासुदेव दाहाल, पुष्पराज भट्टराई
महासचिवः नवराज केसी क्षेत्री
सचिवहरुः भुपाल के.सी. लाल बहादुर तामाङ (एलबी)
कोषाध्यक्षः साधना पुडासैनी
सह-कोषाध्यक्षः भिम बहादुर थापा

सदस्यहरुमाः दिनेश पौडेल, भेषराज राय (भिष्म), प्रभात पौडेल र शिव प्रसाद अर्याल रहेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार