इक्यानको नयाँ कार्यसमितिको लागि उम्मेदवारी दर्ता सम्पन्न, पौडेल र भुसाल अध्यक्षका प्रत्यासी

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भएको छ । वैदेशिक अध्ययनको लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिने व्यवसायीहरूको सबैभन्दा ठूलो छाता संगठन इक्यानको यही पुस २८ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारका आकांक्षिहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

नयाँ कार्यसमितिको नेतृत्व गर्न लक्ष्मण पौडेल (एन्ड्रयू) र दिपकराज भुसालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । इक्यानको वर्तमान कार्यसमितिमा पौडेल प्रथम उपाध्यक्ष हुन् भने भुसाल महासचिव हुन् ।

१९ सदस्यीय कार्यसमितिका लागि अध्यक्षसहित ३४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । तीन उपाध्यक्षको लागि ७ जनाले उम्मेदवारी दिएका छन् । जसमा गिता सिवाकोटी ‘गिताञ्जली’, पुष्पराज भट्टराई, फिलिप कुमार डाँगी क्षेत्री, बासुदेव दाहाल, मन्जित ढकाल, रत्न बहादुर भट्टराई र विकल्प राज पोखरेल रहेका छन् । त्यस्तै महासचिवमा नवराज के.सी. क्षेत्री र भवनाथ हुमागाईंले उम्मेदवारी दिएका छन् ।

दुई जना सचिवको लागि ४ जनाले उम्मेदवारी दिएका छन् । जसमा आशिक कार्की, भुपाल केसी, लाल बहादुर तामाङ र सुरज सिलवाल रहेका छन् ।

यस्तै कोषाध्यक्षमा उमा खड्का पाठक र साधना पुडासैनीले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षको लागि गोविन्द खनाल र भिम बहादुर थापाको उम्मेदवारी परेको छ ।

त्यसैगरी ९ जना केन्द्रीय सदस्यहरूको लागी १४ जनाले उम्मेदवारी दिएका छन् । सदस्यको उम्मेदवारहरूमा अनन्तराज घिमिरे, असोक कुमार हाथी, प्रकाश रिजाल, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाने, सञ्जिव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमल प्रसाद तिमल्सिना, बसन्त पाण्डे, प्रभात पौडेल, भेषराज राय, दिनेश पौडेल र शिव प्रसाद अर्याल रहेका छन् ।

उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुविरुद्ध दावी विरोध गर्न र उम्मेदवारी फिर्ता लिन बुधबार ११ बजेसम्मको समय तोकिएको छ ।

इक्यान सदस्यहरु दुइवटा प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । जसमा पौडेल र भुसाल नेतृत्वको छुट्टाछुट्टै प्यानल बनाईएको छ ।

देशभर आठ वटा शाखा र ७ सय भन्दा बढी व्यवसायीहरू आवद्ध रहेको इक्यानको चुनावी प्रतिश्पर्धा कडा हुने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार