यस्तो छ, जेनजी आन्दोलनमा सिंहदरबार र वरिपरी रहेका सरकारी कार्यालयमा क्षति भएका सवारी साधनको विवरण

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशका प्रमुख निकायहरू, व्यक्ति संघ संस्थाका भवनहरूमा ठूलो क्षति भयो ।

भवनहरुमात्रै होइन सवारी साधनमा पनि नगण्य मात्रामा क्षति भएको छ । सिंहदरबार र त्यस आसपासका क्षेत्रमा मात्रै सरकारी निकायका ४४१ वटा साना गाडी तथा बसमा पूर्ण क्षति पुगेको छ । यस्तै ६०१ वटा मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ ।

कतिपय निकायमा त अनुमान गर्नै नसकिने क्षति पनि पुगेको छ । सर्वोच्च अदालत र सडक विभागमा कति सवारी क्षति भए गन्नै नसकिने अवस्था छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साना गाडी बस ४७ मोटरसाइकल स्कुटर ७४ जलेका छन् । अर्थ मन्त्रालय गाडी ३६ मोटरसाइकल स्कुटर ५३, सर्वोच्च अदालत गाडी ५१ मोटरसाइकल गन्न नसकिने अवस्था छ ।

यस्तै सहरी विकास तथा भवन निर्माण विभाग ५० गाडी २०० अनुमानित मोटरसाइकल, सडक विभाग बस ६५ मोटरसाइकल गन्न नसकिने अवस्था रहेको छ ।

कहाँ कति क्षति भयो ? हेर्नुहोस्ः

प्रतिक्रिया

सम्बन्धित समाचार