नेपाल चिकित्सक संघको चेतावनीः सरकारसँग भएको सहमति कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने

नेपाल चिकित्सक संघको चेतावनीः सरकारसँग भएको सहमति कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने

नेपाल चिकित्सक संघले सरकारले आफुहरुसँग गरेको उपभोक्ता संरक्षण ऐन संसोधन गर्ने सहमतिको पालना गर्न चासो नदेखाएको बताएको छ ।

बुधबार संघले प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गर्न सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको कार्यादलले काम अगाडि नबढाएकोप्रति असन्तुष्टि जनाएको हो ।

संघले भनेको छ– ‘संघसँग भएको सहमति अविलम्ब कार्यान्वयनका लागि गम्भीर हुन सम्पूर्ण सरोकारवाला निकायहरूलाई आग्रह गर्दै, हामीलाई पुनः आन्दोलनका लागि बाध्य पार्ने स्थिती सिर्जना गरिएमा अबको आन्दोलनको स्वरुप थप सशक्त हुन्छ ।’

संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा संघ र नेपाल सरकारबिच प्रधानमन्त्रीको निर्देशनमा असार २४ गते भएको तीन बुँदे सहमति भए पनि हालसम्म कार्यान्वयन नभएको उल्लेख गरिएको छ । सहमतिअनुसार सात दिनभित्र कानुनी तथा नीतिगत संशोधनका लागि सुझावसहित प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने भनिए पनि अझैसम्म ठोस प्रतिफल नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअद्दि उपचारमा लापरवाही गरेको भन्दै उपभोक्ता अदालतले ग्रान्डि सिटी, ओम र हिमाल अस्पताल र चिकित्सकलाई क्षतिपुर्ति तिराउने निर्णय गरेपछि चिकित्सकहरू आन्दोलित भएका थिए ।

दुई दिन आकस्मिक बाहेकका सेवा ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि सरकारले गत असार २४ गते ऐन संशोधनका लागि ३ बुँदे सहमति गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार