वैदेशिक रोजगार बोर्डका निर्देशक ढकालले ल्याए ‘छोरो गयो परदेश’(भिडियोसहित)

वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालको आफ्नै रचना एवं निर्माण रहेको संदेशमूलक म्युजिक भिडियो ‘छोरो गयो परदेश’ को सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीत तथा भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशक ढकालले गीतमा वैदेशिक रोजगारको विषयलाई भावनात्मक रुपमा समेटिएको बताए ।

उनले भने,‘गीतमा सरकारलाई गाली गरेको मात्रै छैन् । निराशावादी नहोऔं, सरकारलाई गाली मात्र नगरौं । छोरा विदेश गयो बर्वाद भयो मात्र नभनौं । अब समृद्धि हुन्छ । त्यहाँबाट ज्ञान र सीप कमाएर ल्याएर देशमा नै केही गर्ने वातावरण हुन्छ । भनेर भिडियो कन्सेप्ट छ ।’

उनले आफ्नो पहिलो कोसेलीको रुपमा ‘छोरो गयो परदेश’ को गीत ल्याएको भन्दै सबैले हेरेर प्रतिक्रिया दिन पनि आग्रह गरे ।

कपिल कार्कीले निर्देशन गरेको गीतमा गायक डिजराज पौडेलले स्वर दिएका छन् । म्युजिक भिडियोमा नारद खतिवडा, दिपेन्द्र खत्री, डिजराज पौडेल टिकराम ढकाल, मञ्जु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार