चौथो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड सम्पन्न, पत्रकार सानु श्रेष्ठ सम्मानित

स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रालि अनामनगरद्धारा आयोजित चौथो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८१ सम्पन्न भएको छ । यही फागुन ३ गते शनिवार पुर्व उर्जा तथा श्रम रोजगार मन्त्री माननीय गोकर्ण बिष्टको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा सम्पन्न भएको हो ।

आयोजक संस्था बिशाल मुभिज प्रालिका अध्यक्ष तथा चर्चित गायक हुम गैरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ लोक गायक प्रेमराजा महत, लोक गायिका प्राज्ञ टिका पुन, गायक कष्ण गैरे, बैकुष्ठ महत, पत्रकार सानु श्रेष्ठ लगायत सम्मानित भए ।

लोक तथा दोहोरी गीतसँग सम्बन्धीत करिब ३३ बिधाका करिब ५० जना कलाकारहरुलाई अवार्ड बितरण गरिएको कार्यक्रममा करिब एकदर्जन अग्रज देखि अनुजसम्मका कलाकारहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्नुका साथै बिबिध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

गीतसंगीत तथा कला क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरुको उल्लेखनीय उपस्थितिमा भव्य र सभ्य रुपमा सम्पन्न कार्यक्रमको सहजिकरण लोकप्रिय गायिका राशी रिजालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार