प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे कुराकानी

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्तामा संसदको अवरोध हटाउनेबारे कुराकानी भएको बुझिएको छ ।

‘दुई नेताबीच भेटवार्ता भए पनि के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन’, दाहालका प्रेस संयोजक सूर्यकीरणले भने ।

नेकपा एमालेले सय क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद् अवरोध गर्दै आएको छ । गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार