संयोग नै मान्नु पर्छ एकै परिवारका कलाको बिभिन्न बिधामा आआफ्नो पहिचान बनाएका देशका बरिष्ठ नृत्य शिरोमणि भैरव बहादुर थापाका नाती, बरिष्ठ संगीतकार सम्राट थापाको छोरा प्रिन्स थापा अभिनित पहिलो चलचित्र ‘एक्टर’ आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने चलचित्र ‘एक्टर’ को रोमान्टिक गीत ‘चिरी च्याट्ट’को भिज्ज्वल ओएसआर डिजिटल मार्फत गत साता सार्वजनिक भएको हो ।
रिता रायमाझीको शब्द, मनोहरी थापा र सुनिता कार्कीको स्वर रहेको गीतका संगीतकार सम्राट थापा हुन् । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र बनेको निर्माता मनोहरी थापाले बताए ।
‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ ।
यसमा मदन घिमिरेको निर्देशन, सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन रहेको छ ।










प्रतिक्रिया