मोडल सुष्मिता श्रेष्ठलाई ‘एमएस हेरिटेज ईन्टरनेशनल २०२४’ को उपाधि

मोडल सुरपर स्टारले आयोजना गरेको ‘एमएस हेरिटेज ईन्टरनेशनल २०२४’ को उपाधि मोडल सुष्मिता श्रेष्ठले हात पारेकी छन् ।

थाईल्याण्डको बैंकक शहरमा २०२४ नोभेम्वर ९ देखि १६ सम्म भएको सौन्दर्य प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गरेकी सुष्मिता श्रेष्ठले उक्त उपाधि हात पारेकी हुन् ।

मिस कोशी २०१७ बाट यो क्षेत्रमा अगाडी देखिएकी श्रेष्ठले चलचित्र तथा म्युजिक भिडियोहरुमा अभिनय समेत गरेकी छन् ।

मोडलिङ तथा कलाकारीता क्षेत्रबाटै स्थापित हुन अहिलेसम्म पनि आफु संघर्षकै चरणमा रहेको उनले बताएकी छन् ।

प्राप्त अवार्डले अझ जिम्मेवारी थपेको भन्दै श्रेष्ठले आगामी दिनमा पनि उत्कृष्ट अभिनयमार्फत दर्शकको मन जित्ने विश्वास लिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार