रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रु ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इन्क (बीवाईडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा डिजिपालका उत्सव कार्कीको सहभागिता रहेको थियो।
सो अवसरमा बोल्दै अध्यक्ष वैद्यले विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउन अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूका तर्फबाट यो सहयोग गरिएको बताइन्। “यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायको साथमा छौँ भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” उनले भनिन्। नाइमाले संकट र विपद्का समयमा सधैँ सरकार र नागरिकको माझमा उभिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।






प्रतिक्रिया