बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई पक्राउ गरेको छ।

सीआईबीले ३९ वर्षीया पौडेललाई बबरमहल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीका अनुसार उनलाई बीमा ऐन, २०७९ अनुसारको कसुर गरेको आरोपमा पक्राउ गरिएको हो।

दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी पौडेलमाथि लागेको कसुरबारे सीआईबीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार