नेपाली सेनाका नवनियुक्त दुई जना उपरथी तथा चार जना महासेनानीहरूले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्। जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बिच प्रधान सेनापति महारथी अशोकराज सिग्देलले पदोन्नति हुनुभएका सैन्य अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यही भदौं ५ गतेको निर्णयबाट सहायक रथी दर्जाबाट उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी श्द्रव्यराम भण्डारी र सहायक रथी रञ्जित थापा (पिएचडी) लाई प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह सुशोभन गराउनुभएको हो।
सोही समारोहमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएका ४ जना प्रमुख सेनानीहरूलाई समेत महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।
जङ्गी अड्डामा आयोजित उक्त दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतका परिवारजनहरूको समेत उपस्थिति रहेको थियो।






प्रतिक्रिया