सशस्त्र महानिरीक्षक पौडेल सहिदका परिवारसँग भेटघाट

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी सहायक हवल्दार स्वर्गीय असिम श्रेष्ठको घरमा पुगेर उनका परिवारसँग भेटघाट गर्नुभएको छ ।

भेटघाटको क्रममा महानिरीक्षक पौडेलले सहिद परिवारका सदस्यहरुको सुख दुःखमा संगठनको सदैव साथ र सहयोग रहने उल्लेख गर्नुहुँदै भोलिका दिनमा उनीहरुको सदस्यमा आईपर्ने पर्ने हरेक समस्या समाधानको लागि नजिकै रहेको सशस्त्र प्रहरी बल नेपालको युनिटमा सम्पर्क गरी सहयोग लिनुहुन सहिद परिवारका सदस्यहरुलाई सुझाव दिनुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुले समेत नजिकै रहेका सहिद परिवारका सदस्यहरुसँग समय–समयमा सम्पर्क गरी उनीहरुका गुनासो तथा समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको रगत र पसिनाले गर्दा संगठन आज यो अवस्थामा आई पुगेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भन्नुभयो–‘हाम्रा परिवारको सदस्यले कर्तव्य पालनाको सिलसिलामा बीरगति प्राप्त गरेपनि संगठनले हाम्रो लागि काम गर्नेछ भन्ने भावना राख्नुहोला ।’ सोही क्रममा सहिद परिवारका सदस्यहरुले पनि आफुलाई परेको पीरमर्कामा संगठनको सदैव साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं। ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सव तथा बाहिनी मातहत कार्यालयहरुको अनुगमनको क्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी सहायक हवल्दार स्व।असिम श्रेष्ठको परिवारजनसँग भेटघाट गर्नुभएको हो । सशस्त्र प्रहरी सहायक हवल्दार स्व।असिम श्रेष्ठको तत्कालीन माओवादी विद्रोहीहरुको भिडन्तमा बहादुरी पूर्वक लड्दा लड्दै अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा २०५९ साल भाद्र २४ गते वीरगती प्राप्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार