नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रियस्वतन्त्र पार्टी (रास्वपा)प्रति कटाक्ष गर्दै हाल चर्चामा रहेको ‘जान्नेलाई छान्ने’ नाराको कडा आलोचना गरेका छन् । उक्त नाराको वास्तविकता एकपछि अर्को गर्दै छर्लङ्ग हुँदै गएको बताउँदै उनले यसलाई योग्यता नभई पाखण्डको संज्ञा दिएका छन् ।
महासचिव पोखरेलले सामाजिक संजालमा पछिल्लो राजनीतिक गतिविधि र शैलीप्रति टिप्पणी गर्दै राज्यका आधारभूत मूल्य–मान्यतामाथि प्रहार भइरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘देशविरुद्धका गतिविधिलाई सामान्य मान्ने, अर्थविधेयकजस्तो संवेदनशील दस्तावेजमा गैरकानूनी छेडखानी गर्ने, स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने र आफ्ना मानिसहरूलाई उन्मुक्ति दिनेजस्ता कार्यहरू भइरहेको छ।’
‘अबैध धनका स्रोतलाई सिष्टमको कमजोरी देखाइदिने, आफ्ना मानिसलाई जुक्ति लगाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने । यदि यही कुरालाई नै ‘जान्नेलाई छान्ने’ भनेको हो भने यो योग्यता होइन, पाखण्ड हो ।,’ उनले उल्लेख गरेका छन्
सुशासन र तीव्र विकासका लागि विगतका कमीकमजोरी सुधार गर्नु आवश्यक भए पनि त्यसलाई विर्साउने गरी भइरहेका यस्ता कुकार्यहरू ‘नयाँ’का नाममा कदापि स्वीकार्य हुन नसक्ने महासचिव पोखरेलको भनाइ छ।







प्रतिक्रिया