कांग्रेस संस्थापन पक्षले सहमतिका लागि पठाइएको प्रस्तावमा कोइराला सचिवालय अनभिज्ञ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सचिवालयले संस्थापन पक्षले सहमतिका कुनै प्रस्ताव नपठाएको जनाएको छ । सचिवालयले संस्थापन पक्षले सात बुँदे प्रस्ताव पठाइएकोबारे दिएको सूचना बाहिर आएको हल्ला मात्रै भएको बताएको छ ।

कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने बारे डा. शेखर कोइराला अहिलेसम्म बेखबर रहेको सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले जनाएका छन् ।

‘यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला,’ सचिवालयले भनेको छ, ‘कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत २२ गते प्रदिप पौडेल र २०८३ बैशाख २२ गते गगन थापाले नेता शेखर कोइरालालाई बिशालनगरस्थित सचिवालयमा आएर भेट्नुभएको हो । त्यस भन्दा पछाडि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क भएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार