“चलचित्र निर्देशक समाजको सचिव पदमा दिनेश लिङ्देनको उम्मेदवारी, उद्योग सशक्तीकरणमा प्रतिबद्धता”

उर्जाशिल युवा चलचित्र निर्माता तथा निर्देशक दिनेश लिङदेन चलचित्र निर्देशक समाजको १८ औं वार्षिक साधारण सभासंगै भोलि जेठ ५ गते हुने नयाँ कार्यसमिति निर्वाचनमा सचीव पदको लागि उम्मेदवारी दिनु भएको छ भने अग्रज व्यक्तित्व एवम् सहकर्मी मित्रहरूबाट अत्याधिक मतले बिजयी गराउनु हुन्छ भन्ने आशा व्यक्त गर्नु भएको छ ।
निर्देशकहरूको सम्मान, उद्योगको पुनर्जागरण, पहिचान, प्रवद्र्धन र संरक्षणमा आफ्‌नो प्रतिबद्ध रहने र नेपाली चलचित्र उद्योगलाई थप सशक्त, सिर्जनशील र व्यवस्थित बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको उहाँले बताउनु भएको छ ।
झण्डै दुई दशक देखि नेपाली चलचित्रको क्षेत्रमा निर्माण, दिर्नेशकको रुपमा कार्य गर्दै आइरहनु भएका दिनेश लिङ्देनले चलचित्र मातृभूमि, दि क्राइम, रीत, शान्ति, अञ्जली, तलास, खोजतलास जस्ता चलचित्र निर्माण, निर्देशन गरिसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार