गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’ सार्वजनिक भएको छ ।
टेक विसी र अनु चौधरीको स्वर, भीम विसीको संगीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीलिप ओखेडा र अस्मिता जुरेलीलाई फिचरिङ गरिएको छ ।
महेश महरा र टिमको डिओपी रहेको भिडियोमा मीन रावलको सम्पादन र कलर छ ।
गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रेम भावको गीत जति राम्रो छ भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।











प्रतिक्रिया