लेखक तथा निर्देशक विश्वमणी घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतनामूलक टेलिश्रृंखला ‘गाउँफर्क’को लिरिकल गीत सार्वजनिक भएको छ ।
गीत अंग्रेजी नयाँ वर्ष २०२५ तथा टोपी दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कलाकार सुवास गजुरेल, उत्तम केसी र सुभेक्षा थापालगायतलाई देख्न सकिन्छ ।
यस्तै गीतमा कलाकारहरू मुकुन्द मैनाली, मनमाया कटवाल, लक्ष्मीनाथ तिम्सिना, अशोक सिवाकोटी, अस्मिता बस्नेत, आसा भुसाल, इच्छा सिंह, प्रतीक्षा काफ्ले, मुभ थापा र चन्दा भट्टराईलाई देखाइएको छ ।
गाउँ घरको कथा र बिदेसिएका नेपालीहरूको व्यथालाई गीतमा समेटिएको छ । शंकर अधिकारी घायलको शब्द, विकाश चौधरीको संगीत र नारायण थापाको स्वर रहेको गीत ‘गाउँफर्क’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
निर्देशक घिमिरेका अनुसार यो टेलिश्रृंखला धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.४, चानुवामा छायांकन गरिने र नेपाल टेलिभिजनबाट चाँडै प्रसारणमा आउने छ ।
उनकाअनुसार आम नागरिकले टिकटक, फेसबुक र युट्युबलगायतको सामाजिक सञ्जालमा गाउँफर्कको गीतमा अडियो लिई भिडियो बनाउँदा कुनै कपिराइट नलाग्ने बताए ।











प्रतिक्रिया