साउथईष्ट लण्डन रोयल बरो अफ ग्रीनवीचका मेयर जित रानाभाटको प्रमुख आतिथ्यमा इनास युके चलचित्र प्रबद्र्धन समितीको आयोजनामा चलचित्र काँडेतारको बिशेष शो गोरखा क्याप्रीकनको हलमा प्रदर्शन गरिएको छ ।
उक्त कार्यक्रममा खस समाज युकेद्वारा चलचित्रका राष्ट्रवादी नायक, निर्देशन, निर्माता नवल खड्का एवं गायिका सत्यकला राईलाई बिशेष सम्मान प्रदान गर्नुका साथै वक्ताहरुले चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत कथा वस्तुमा आधारित रहेकोले चलचित्र उत्कृष्ट रहेको चर्चा गरे ।
कार्यक्रम संयोजक नायक, निर्माता एवं निर्देशक मनिस श्रेष्ठ, खस समाजका अन्तर्राष्ट्रिय संयोजक टेक बहादुर थापा लगातका विशिष्ट व्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
देशको माटो र मान्छे जोगाउने उदेश्यको साथ बनेको देशभक्तिपुर्ण चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफु अत्यन्तै हर्शित भएको निर्मात्री सत्यकला राईले बताएकी छन् ।
चलचित्र हेर्ने दर्शकहरुलाई थप मनोरन्जन प्रदान गर्न निर्मात्री एवं गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै आईरहेकी छन् ।
चलचित्र काँडेतारमा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा,पर्शुराम चौधरी, पुष्प श्रेष्ठ आदि कलाकार रहेका छन् ।











प्रतिक्रिया