राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ ।
अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द÷संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर दृष्यहरू कैद गरिएको भिडियो पनि उत्कृष्ट रहेको छ ।
केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन छ ।
गीतको भिडियो सदिक्षा फिल्मसको युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।











प्रतिक्रिया