टुगेन श्रेष्ठले एकैपटक सार्वजनिक गरे नेवारी र हिन्दी गीतको म्युजिक भिडियो

गायक टुगेन श्रेष्ठको स्वर, शब्द, संगीत र कथामा नेवारी गीत ‘ए मतिना’ र हिन्दी गीत ‘सोनिया’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दुवै भिडियोलाई गायक टुगेन श्रेष्ठ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक श्रेष्ठ दुई दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन । उनले आफ्नो दर्शक श्रोतामाझ दर्जनौ हिट गीत पस्किसकेका छन भने हाल यी दुई फरक भाषाका गीतहरु लिएर दर्शक श्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाउन कम्मर कसेर अगाडि बढेका छन् । दुवै गीतमा स्वर, शब्द संगीत उनकै रहेको छ ।

नेवारी गीतमा मनोज महर्जन र हसना महर्जन, सुवास महर्जनलगायतको अभिनय रहेको छ भने हिन्दी गीतमा दिपेश महर्जन र सुस्मिता लामाको अभिनय रहेको छ ।

दुवै गीतमा निर्देशन उज्ज्वल शर्मा, छांयाकन सम्पादन र कलर साजन घले र मेकअप मितु श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार