प्रतिक्षा काफ्ले अभिनित ‘तिम्रो जस्तो हैसियत’ सार्वजनिक

पछिल्लो समयकि चर्चित अनि ब्यस्त कलाकार प्रतिक्षा काफ्लेको अभिनय रहेको गीत “तिम्रो जस्तो हैसियत” बजारमा आएको छ । दर्जनौं म्युजिक भिडियो र्याम्प टिभीसी केहि टेलिचलचित्रहरुमा कुशल अभिनय गरिसकेकी काफ्लेको यस गीतमा माया प्रेममा आउने बिभिन्न परिस्थितिहरुलाई भिडियो मार्फत कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

प्रमोद खरेलको आवाजमा रहेको गीतमा प्रतिाक्षा काफ्ले, भद्र वली लगायतका कलाकारको अभिनय रहेकोछ । भागिराम केसीको शब्द, भद्र वलीको एरेन्ज संगीत तथा निर्देशन, कुमार रानाको मिक्सिंग, नरेश ऐयरको छायांकन र मीन रावलको सम्पादन रहेको गीत भद्र वली युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

आभुषण ईन्टरटेन्मेन्टको अध्यक्ष समेत रहेकि चर्चित कलाकार काफ्ले अभिनित ‘यो हावा चंचल हुन्छ,’ ‘खतरा होला नि,’ ‘लुकि लुकि चियाएर’ लगायतका आधा दर्जन भन्दाबढि गीतहरु बजारमा आउनेक्रममा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार