नारायण थापाको स्वरमा ‘कुनै दिन त’ सार्वजनिक

बिगत दुई दशकदेखि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय रहदै आएका चर्चित गायक नारायण थापाको स्वरमा एकपछि अर्को गीत सार्वजनिक हुने क्रम जारी छ ।

यसै क्रममा उनले आभूषण इन्टरटेन्मेन्ट च्यानलमार्फत ‘कुनै दिन त’ बोलको सांगीतिक भिडियो सार्वजिक गरेका छन् ।

बरिष्ठ गीतकार डा.कृष्णहरी बरालको शब्द, गैरे सुरेशको संगीत, नारायण थापाको स्वर, माहाराज थापाको एरेन्ज, किशोर थापाको मिक्सिङ्ग माष्टरिङ्ग रहेको भिडियोमा कमल सिंह, सुष्मिता, जिवन आचार्य लगायतको अभिनय छ ।

बुद्ध थापाको छायांकन र विकाश दाहालको सम्पादन रहेको गीतको भिडियोका निर्देशक प्रकाश धिताल हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार