नागरिक समाजले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आआफ्ना क्षेत्रबाट समाजमा उल्लेखनीय योगदान पुर्याउनेहरुलाई सम्मान तथा मानर्थ सदस्य प्रदान गरेको छ ।
संघीय सरकार प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी लगायत लामो समय देखि एक्टर, मोडल दिनेश केसीले नेपाली फिल्म क्षेत्रमा तथा म्युजिक भिडियोमा पुर्याएको अतुलनीय योगदानको कदर स्वरुप उनलाई नागरिक समाजको मानर्थ सदस्य प्रदान गरिएको छ ।
अन्य मानर्थ सदस्यता पाउनेमा निर्देशक, सिनेमाटोग्राफर, रबिन्द्र बराल, मोडल प्रतिक्षा काफ्ले लगायत बिश्व बुद्धिष्ट महासंघको अध्यक्ष आनि भिक्षु भिमसुवा गुरुङलाई संस्थाको मानार्थ सदस्य प्रदान गरिएको थियो ।
सो अवसरमा मोडल, एक्टर राज टाईगर, साबित्रा घिमिरे, अप्सरा थापा, विद्या श्रेष्ठ, इशा अधिकारीलगायतलाई पनि सम्मान प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष याम बहादुर जिसीको सभापतित्वमा प्रज्ञा भवन कमलादिमा कार्यक्रम सम्पन्न भएको थियो ।











प्रतिक्रिया