पछिल्लो समयकी व्यस्त मोडल हुन् एलिना थपलिया । उनी सञ्चारकर्मीसमेत हुन् । दुई वर्ष देखि कलाकारिता क्षेत्रमा सक्रिय थपलियाको भर्खरै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उनीद्धारा नै अभिनित म्युजिक भिडियो ‘बासैको चोया’ बोलको गितमा शब्द ,संगित सन्तोष कालिकोटेको रहेको छ भने गितमा संगित ऐरेन्ज जिवन बाडुले गरेका छन् । उक्त गितमा स्वर सन्तोष कालिकोटे र शान्ति श्री परियारको रहेको छ ।
शिवजी क्षेत्रीको निर्देशनमा निर्मित म्युजिक भिडियोमा मोडेल एलिना थपलिया र स्वयंं शिवजी क्षेत्रीको अभिनय रहेको छ । म्युजिक भिडियोको छायांंकन नरेश अयरले गरको हुन भने यसको सम्पादन विनोद बमले गरेका छन ।
यसअघि थुप्रै म्युजिक भडियोमा अभिनय गरिसकेकी थपलिया अहिले ब्यस्त मोडेलको रुपमा चिनिन्छिन । उनी अहिले धेरै म्युजिक भडियो तथा सिरियलहरुमा ब्यस्त रहेको बताउँछिन् ।
थपलिया एक राम्रो नर्तकी पनि हुन् भने उनी अभिनयमा पनि पारंगत छिन । पत्रकारितालाई समेत अगाडि बढाइरहेकी थपलियाले चाडै नै अर्को सिरियल पनि रिलिजको तयारीमा रहेको जानकारी दिइन् ।










प्रतिक्रिया