जनचेतना नेपालले ‘जन जनमा चेतना’ बोलको गीत सार्वजनिक गर्ने भएको छ ।
लामो समयदेखि जनचेतनामुलक कार्यमा संलग्न यस संस्थाले कलाकारितामार्फत समाजमा भएका विभिन्न कुरिती, हिंसा लगायतका विविध विषयहरुमा प्रत्यक्ष रुपले सकारात्मक सन्देश प्रवाह गर्दै आइरहेको छ ।
संस्थाले काभ्रेको माझी बस्तीमा कपडा तथा खाद्यान्न वितरण, युवा उत्प्रेरणाका कार्यक्रम, ‘सीप’ जस्ता जनचेतनामुलक चलचित्र निर्माण तथा प्रदर्शन, निर्वाचन पर्यवेक्षण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिसकेको छ।
गीतमा प्रसिद्ध गायक बाबु बोगटीको आवाज तथा संगीत रहेको छ भने विपिन किरणको शब्द रहेको छ ।
गीतलाई आम जनमानससम्म पुर्याउने उदेश्यले यसको परिकल्पना जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाले गरेका हुन् ।










प्रतिक्रिया