चलचित्र विकास बोर्डका अध्यक्ष डिसीद्वारा पदभार ग्रहण

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् । बोर्ड सदस्य एवं प्रवक्ता खेतुलाल विसीका अनुसार आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गरेका हुन् ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष डिसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रुपमा पनि चिनिन्छन् । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार