यस वर्षको किड क्वीन प्रतियोगिता लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ती र सुख समृद्धिको कामना गर्दै आरम्भ भएको छ ।
नेप्लीज फेशन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको किड क्वीन प्रतियोगिताको १९औं संस्करणमा सामेल प्रतियोगीहरुबाट बंगलामुखी मन्दिरमा लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र समृद्धिको कामना गर्दै यो प्रतियोगिता आरम्भ गरिएको हो। प्रतियोगीमा ४० जना प्रतियोगी सामेल छन् ।
कार्यक्रम मिस नेवा: कृषा महर्जन र सकिना महर्जन, प्रतियोगिहरुका अभिभावक तथा शिक्षक शिक्षीकाको सहभागीता एवं बगलामुखी सहकारीको सहयोगमा सम्पन्न भएको हो ।
सहभागीहरुलाई संस्कार सिकाउन र मानिसको जीवनमा धर्मको महत्व दर्शाउन यो कार्यक्रम आयोजना गरिएको आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् ।
उनका अनुसार कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । प्रतियोगिताका सहभागीहरुलाई विभिन्न सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरिने पनि उनले जानकारी गराइन् । प्रतियोगीहरुलाई अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न विषयको तालिम र प्रशिक्षण दिईरहेको आयोजकले जानकारी गराएका छन् ।
प्रतियोगिता विजया दशमीपश्चात जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । प्रतियोगितामा मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमीला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजनमा हुनेछ ।










प्रतिक्रिया