तेस्रो मिलाप तीज उत्सवमा महिला स्रष्टा सर्जकलाई सम्मान

तेस्रो मिलाप तीज उत्सव सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको हो ।

कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध महिलाहरूको आथित्यता रहेको समारोह वरिष्ठ गायिका देविका वन्दनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा यमकुमारी कला सम्मान २०८१ बाट महिला द्वन्द्व निर्देशक किरण दाहाल, साहित्यकार राधा भण्डारी, रंग पत्रकार सवी कार्की खड्का, मेकअप आर्टिष्ट सञ्जु ढकाल, गायिका सुमी पराजुली, गायिका सरिता थापामगर (तोककुमारी मगर) र ट्याटु आर्टिष्ट सुनिता कुँवरलाई तीज मिलाप सम्मान अर्पण गरिएको थियो ।

यस्तै समारोहमा गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’का सर्जक स्रष्टालाई मायाको चिनो प्रदान गरिएको थियो । गायिका सारिका घिमिरे, संगीतकार योगेश काजी शाह, कलाकार रिमोना लोहार, मिक्सिङ/माष्टरिङ मनोज परियार, निर्देशक/कलाकार प्रदीप रसाइली, कलाकार मुना भुर्तेललगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा गायिका सारिका घिमिरेले स्वागत मन्तव्य  राखेकी थिइन् भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । तीजलाई परम्परागतभन्दा पनि सिर्जनात्मक रूपमा मनाउनुपर्ने जोड दिँदै प्रमुख अतिति वरिष्ठ गायिका वन्दनाले मिलापले गरेका कार्यको सहराना गरेकी थिइन् ।

यस्तै सञ्चारकर्मी कमला जोशी र वुमेन्स एरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राईले तीजलाई भडकिलोभन्दा पनि सभ्य रूपमा मनाउनुपर्ने धारणा राखेका थिए । यसैगरी सम्मानित व्यक्तित्वकातर्फबाट साहित्यकार राधा भण्डारीले तीजको महत्व र यसको मौलिकता बारे प्रकाश पारेकी थिइन् ।

विगत १४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रूपमा मनाउँदै आएको कार्यक्रमकी सभापति अधिकारीले बताइन् । उनले यस कार्यक्रममा सहयोग पु¥याउनुहुने सबैमा आभार व्यक्त गरिन् ।

तस्वीरः मोहमद जलिम

प्रतिक्रिया

सम्बन्धित समाचार